फागुन २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ । सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १६ जना मन्त्री थप गरेका छन् ।

उनीहरूको कार्यविभाजन गरेर प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । १४ जना मन्त्रीको आजै अपराह्न ५:४५ बजे शपथ हुने तय भएको प्रधानमन्त्री स्रोतले जनाएको छ । वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा, समाजवादी र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुंगिएका छैनन् ।
एमालेबाट
रघुवीर महासेठ – उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी – कानुन न्याय तथा संसदीय मामिला
दामोदर भण्डारी – उद्योग
ज्वालाकुमारी साह – कृषि
बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी
हरि उप्रेती – रक्षा
भगवती चौधरी – महिला बालबालिका तथा ज्येष्ठ
राजेन्द्र राई – खानेपानी
माओवादीबाट
नारायणकाजी श्रेष्ठ – उपप्रधान एवम् परराष्ट्र,
वर्षमान पुन – अर्थ
शक्ति बस्नेत – ऊर्जा तथा जनस्रोत
रेखा शर्मा – सञ्चार तथा सूचना प्रविधि
हितबहादुर तामाङ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
रास्वपाबाट
रवि लामिछाने – उपप्रधान तथा गृह,
डोलप्रसाद अर्याल – श्रम तथा रोजगार,
विराजभक्त श्रेष्ठ – युवा तथा खेलकुद
सुमना श्रेष्ठ – शिक्षा
नेकपा एसबाट
भानुभक्त जोशी – संघीय मामिला
धनबहादुर बुढा – शहरी विकास