• २०८३ मङ्सिर ७ गते आइतवार

साफ यू–१६ महिला फुटबल: बंगलादेशसँग नेपाल पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।

अब प्रतियोगिताको अर्को खेल सोमबार भुटान र नेपालको भिडन्त हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस