• २०८३ मङ्सिर ५ गते शुक्रवार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७,काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार २९.७० अंकले घटेको सेयर बजार १९७१.०७ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०९ कम्पनीको ७३ लाख ६१ हजार ३६१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ९४ लाख २७ हजार ९७७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १६ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको स्थिर छ ।

Sharing

प्रतिक्रिया दिनुहोस