• २०८३ बैशाख २८ गते सोमवार

सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थाङबाट बाह्रबिसे आउँदै गरेको जिप अँधेरी खोलामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीकाअनुसार बा१२च ४९९१ नम्बरको जिप नागपुजे नजिकैबाट ७० मिटर तल खोलामा खस्दा घुम्थाङ निबासी ४० वर्षीया दीलकुमारी प्रधान र ४२ वर्षीया लालकुमारी प्रधानको ज्यान गएको हो।

दुर्घटनामा चालकसहित ४ जना घाइते भएका छन्। तीन जना गम्भीर घाइतेलाई बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रबाट राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गरिएको छ। घाइतेमध्ये धेरै जसोको टाउको, हात खुट्टामा चोट लागेको छ। जिप करिब दुई सय मिटर तल खोलामा खसेर क्षतविक्षत भएको प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै स्थानीयले सुरक्षाकर्मी र जनप्रतिनिधिलाई खबर गरेका थिए। तत्कालै घटनास्थलमा पुगेर सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई उद्दार गरी एम्बुलेन्सलाई खबर गरिएको थियो। घाइते चालक विक्रम थापा उपचारपछि डिस्चार्ज भइसकेका छन्। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस