• २०८३ मङ्सिर ४ गते बिहिवार

कोशी सरकार र पहिचान पक्षधरबीच तीन बुँदे सहमति

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको भएको दोस्रो चरणको वार्ता तीन बुँदे आंशिक सहमतिपछि सकिएको छ। बुधबार विराटनगरको इस्टर्नस्टार होटलमा भएको सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिको वार्ता आंशिक सहमतिपछि सकिएको हो।

दुई पक्षको वार्ता टोलीबीच प्रदेशको पुनः नामांकनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन आगामी वार्तासम्ममा पहल गर्ने सहमति वार्ता टोलीका सदस्य सचिव आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले बताए।

त्यस्तै फागुन मसान्तसम्ममा प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएकाहरूको तथ्यांक संकलन गरिने सहमति भएको छ, जसका लागि प्रदेश सरकार र आन्दोलनरत पक्षबाट दुई-दुई जना प्रतिनिधिसहित कार्यदल बनाइने छ।

कोशीमा पछिल्लो समय एमाले बाहेकका अन्य दल प्रदेशको पुनः नामकरणको मागसँग नरम देखिँदै आएका छन्। एमाले भने अहिले पनि नाम फेर्ने पक्षमा छैन।

Sharing

प्रतिक्रिया दिनुहोस