फागुन ७, काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरास्थित नम्बर–४ बाहिनी पोखरामा कार्यरत केसीलाई स्वयम्भूबाट पक्राउ गरिएको हो।

डीएसपी केसीलाई अहिले प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनले स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । सशस्त्र डीएसपी केसी शनिबार दिउँसो उक्त रेष्टुरेन्टमा खाजा खान गएका थिए। साथीहरुसँग बसेर मदिरा पिएका केसीले रेष्टुरेन्टको महिला ट्वाइलेट भित्रको फोटो र भिडियो खिचेका थिए। साथीहरू पर्खने बहानामा उनले ट्वाइलेट पसेकी युवतीको पछाडिको भाग देखिने गरी मोबाइलमा फोटो खिचेका थिए।
उनको यो हर्कत विरुद्ध उक्त युवती प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएकी थिइन। युवतीको जाहेरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।