फागुन ४, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ ।

निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । आजबाट लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
