माघ २९, काठमाडौं । नेता र कलाकारबीचको फुटबल बराबरीमा सकिएको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेता र कलाकारबीचको खेल ३-३ गोलको बराबरीमा सकिएको हाे ।

केपी ओली कप फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेल खेलाइएको छ । ११ फागुनदेखि सुरु हुने केपी ओली कपको पूर्वसन्ध्यामा नेता र कलाकारहरूबीच मैत्रीपूर्ण खेल खेलाइएको हो ।
नेताको टोलीका तर्फबाट मनिस सेढाइले २ तथा क्षितिज थेबेले १ गोल गरेका थिए । कलाकारका तर्फबाट भने राजु ढकाल, आकाश खवास र डीबी आलेले समाान १-१ गोल गरेका थिए ।