माघ १८, काठमाडौं । जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गोरखा पालुङटार -१ घर भई हाल सामाखुशी बस्ने कृष्ण प्रसाद भट्टराईको छोरा बर्ष ३० को भरत भट्टराईले बिमला लामा रहेका छन् ।

वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भनी दुई लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।
उक्त कार्यालयमा खटिएको प्रहरी टोलीले उनलाई भरत भट्टराईको खोजतलास गर्ने क्रममा बुधबार सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएकाे छ ।