माघ १७, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

इन्डियन आयल कर्पाेरेशनबाट ३१ जनावरीमा प्राप्त पत्र अनुसार पेट्राेल र डिजेलमा क्रमश ४.५३ र २.३२ रूपैयाले बढेकाे हाे । यस्तै एल पि ग्यासमा १५.७८ ले बढाएकाे छ ।
बुधवार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुने जनाइएको छ । निगमले पेट्राेल र डिजेलमा क्रमश ४ र २ रूपैया बढाएकाे छ भने ग्यासमा रू १५ बढाएकाे छ ।
