• २०८२ जेष्ठ ३० गते बिहिवार

बिना रोकाको तीज विशेष कविता

पढ्न लाग्ने समय : १ मिनेट
  • बिना रोका, दाङ्ग

सबै नेपालीहरु रमाउ है तीज मनाएर

आफ्नो कला,संस्कृति र भेष जनाएर

बाबाको आँगनीमा नाच्नुपर्छ चेलीहरु

बाजि राखी नाचे हेर चमेली र बेलीहरु

 

खुसी छु म त बाबाआमा भेट्न पाउदा

उज्यालो भयो घर दिदीबहिनी आउँदा

दर मीठो सेलरोटीसङ्गै अचार तामाको

भान्जी ठुली भइन भन्ने  पिर मामाको

 

सजिए नारीहरु सिन्दुर,पोते  साडीमा

हातमा मेहन्दि छिन छिन चुरा नाडीमा

यो तीजमा रमाउदै छन्  माइतमा नारी

तीज गीतमा बिसाए सबै  पीडाको भारी

 

सन्तुष्ट बनौ थोरैमा  देखासिकी  नहोस्

दुःखिको आँखामा आँसु  कत्ति नझरोस्

रमाएर सबै  नाचौ अब त  कम्मर भाँच्दै

हाँसो फुक्यो आमाको ओठमा उठि नाच्दै।

 

प्रतिक्रिया दिनुहोस