• २०८३ मङ्सिर ७ गते आइतवार

प्रधानमन्त्री कप क्रिकेट : आज दुइ खेल हुदैं

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १७, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुँदै छ।

अहिलेसम्म पीएम कपमा एपीएफ क्लब ८ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा रहेको छ।

त्यस्तै नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ भने लुम्बिनी प्रदेशले आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर नवौँ स्थानमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस