• २०८३ जेष्ठ ५ गते मङ्गलवार

जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, धनुषा । जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ । जनमत पार्टी मधेश प्रदेश संसदीय दलको निर्णय बमोजिम मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव नेतृत्वमा गएको एक टोलीले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो ।

सो पत्रमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न नेपालको संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजकै मिति अर्थात मंगलबारदेखि लागु हुने गरी समर्थन फिर्ता लिएको उल्लेख छ ।

मधेश सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस