• २०८३ कार्तिक २१ गते शुक्रवार

राष्ट्रिय युवा संघ तारकेश्वर नगर कमिटीको रक्तदान माघ २९ मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर नगर कमिटीले तारकेश्वर ११ शेषमतीमा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । कोभिड १९ का कारण उत्पन्नरगत अभाव पुर्तीका लागि लागि राष्ट्रिय युवा संघ नेपाल केन्द्रको अभियान अन्तरगत माघ २९ गते शनिबार तारकेश्वर नगर कमिटीले रक्तदान कार्यक्रम गर्ने भएको हो।

रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भन्ने उदेश्य सहित सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवरबाट शनिबार बिहान ९ बजेबाट तारकेश्वर नगरपालिका वडा नं ११ को शेषमति पुलमा संचालन हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले जानकारी गराएको छ।

राष्ट्रिय युवा संघ नेपालले सामाजिक कार्य अन्तरगत रक्तदान कार्यक्रम गरेको जानकारी दिदै संघका काठमाडौं जिल्ला संयोजक सन्तोष अर्यालले उक्तदिन नागर्जुन नगरपालिकाको वडा नं. ७ र किर्तिपुरमा पनि रक्तदान कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले यस अभियान निरन्तर रहने समेत जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस