• २०८३ बैशाख ४ गते शुक्रवार

१५ लाख घुससहित पक्राउ परेका वडाध्यक्ष पदबाट निलम्बन

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, काभ्रे । १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका ९ का वडाध्यक्ष नृपेश बादे निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई नियन्त्रणमा लिइसकेपछि पालिकाको कार्यपालिका बैठकले निलम्बन गरेको हो ।

अख्तियारको टोलीले वडाध्यक्ष बादेलाई १५ लाख रुपैयाँ घुससहित माघ ३ गते राति ८ बजे भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३, गठ्ठाघर चोकबाट नियन्त्रणमा लिएको थियो । अख्तियारका अनुसार बादेले घर-बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिएका थिए ।

बादे नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस