• २०८३ जेष्ठ ४ गते सोमवार

वैशाखमा संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि वैशाख दोस्रो सातातिर संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन गराउने लक्ष्यका साथ गृहकार्य अघि बढाएको छ। राज्यका तीनवटै तहमा विभिन्न कारणले रिक्त जनप्रतिनिधिको पूर्ति गराउन आयोगले वैशाखको दोस्रो सातातिर निर्वाचन गराउने सोचले गृहकार्य अघि बढाएको हो।

आयोगको तथ्यांकअनुसार इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन गराउनुपर्ने छ। रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो, सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ। सोहीअनुरूप आयोगले उपनिर्वाचन गराउने विषयमा छलफल शुरू गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनसँगै संघ, प्रदेश र स्थानीय तहमा वैशाखभित्रमा निर्वाचन गराउन सकिने विषयमा आयोगले सरकारसँग परामर्श गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस