• २०८३ जेष्ठ ५ गते मङ्गलवार

गैंडा मारेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर फरार भएका दुई जना अभियुक्तहरू १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा चम्का जेठा र मुक्तिबहादुर पुन छन्।

उनीहरूलाई राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दल गणको टोलीले मंगलबार साँझ राप्ती नगरपालिका-११ बाट पक्राउ गरेको हो।

दुबैविरूद्ध निकुञ्जले १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो। संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार २०६७ जेठ २० गतेको फैसलाले उनीहरूलाई कैद सजाय तोकेको थियो। पक्राउ परेका व्यक्तिहरू बुधबार कारागार भरतपुरमा चलान भएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस