• २०८३ जेष्ठ १६ गते शनिवार

कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २४, विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस