पौष २२, काठमाडौं । केकभित्र गाँजा राखेर बेचेपछि प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ । काठमाडौंको घट्टेकुलोबाट विसन मानन्धर केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गरेकाे आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनी सहित उनको घरबाट गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला १७८ ग्राम, ७५४ ग्राम गाँजा बरामद गरेको छ।
इन्स्टाग्राममा अकाउन्ट मार्फत मानन्धरले केक बिक्री गरिरहेका थिए । उनले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रहरीले जनाएकाे छ ।