• २०८३ बैशाख १४ गते सोमवार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस