• २०८३ जेष्ठ ७ गते बिहिवार

रूपान्तरण अभियानले नयाँ आशा र उत्साह पैदा भएको छ – प्रवक्ता सापकोटा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १७, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले विशेष रूपान्तरण अभियान सफल भएको बताएका छन् ।

चार महिने विशेष रूपान्तरण अभियान समापनको विषयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले अभियानबाट जनतामा आशा पलाएको बताए ।

सापकोटाले भने, ‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ ।’

अभियानका क्रममा पार्टी प्रवेश, नवीकरण लगायतका काम भएको सापकोटाले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस