• २०८३ असार ३ गते बुधवार

भीम रावलको प्रश्न– सिटामोल अभाव सरकारको अयोग्यता कि नाफाखोरीको तारतम्य ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौँ । एमाले नेता भीम रावलले सिटामोलको अभाव भएकोबारे सरकार संवेदनशील नबनेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले सिटामोल अभाव हुनु ‘सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?’ भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, “जनस्वास्थ्यप्रति ध्यान नदिई अ‍ौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन् । अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ । यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?”

Sharing

प्रतिक्रिया दिनुहोस