मंसिर १९,काठमाडौं । भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन भएको छ। मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा उनको निधन भएको हो।
उनको निधन भएको खबर सिआइडीमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले पुष्टि गरेका हुन्। ‘दिनेश लामो समयदेखि बिमार थिए। उनलाई हृदयाघात भएको थिएन। तर स्वास्थ्यमा समस्या देखिएको थियो। मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,’ उनले भने।
उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ। उनले ‘सिआइडी’ सँगै अन्य टेलिशृंखला र फिल्ममा अभिनय गरेका छन्।
