माघ १६, काठमाडौं । तारकेश्वर नगरपालिका प्रतिनिधिसभा निर्वाचन, स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिले २०७७ पौष ५ गते सम्म मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरुको नामवली प्रकाशन गरिएको छ। समितीले २०७७ माघ १६ देखि १८ गते सम्म र कसैले झठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिन अनुरोध गरेको छ ।
नगरपालिकाले आफ्नो नामावली हेर्न, नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्चाउन, दोहोरो नाम हटाउन समेत अनुरोध गरेको छ । तारकेश्वर नगरपालिका सहायक नाम दर्ता अधिकारी राजन फुँयालद्धारा सुतना जारी गरिएको छ ।
सुचनामा भनिएको छ प्रतिनिधिसभा निर्वाचन, स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिको मिति २०७७ माघ १५ गतेको बैठकको निर्णयानुसार २०७७ पौष ५ गते सम्म मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरुको नामवली प्रकाशन गरिएको छ। आफ्नो नामावली हेर्न, नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्चाउन, दोहोरो नाम हटाउन सूचना दिने अवधि २०७७ माघ १६ देखि १८ गते सम्म र कसैले झठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सो को विरोधमा उजुरी दिने अवधि २०७७ माघ १६ गते देखि १७ गते सम्म सहायक नाम दर्ता अधिकारीको कार्यालय, तारकेश्वर नगरपालिका धर्मस्थलीमा आवश्यक प्रमाण सहित सम्पर्क गर्न सम्बन्धित सबैको लागि अनुरोध गरिन्छ।
