• २०८३ असार १० गते बुधवार

एसिया कपका लागि यू-१९ : अन्तिम टोलीकाे नाम घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट ३ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक जगत टमाटाले टोली घोषणा गरेका हुन् ।

विश्वकप छनोट र प्रिमियर कप खेलेको टोलीबाट मिलन बोहरा, दीपक बोहोरा र दुर्गेश गुप्ता यसपटक टोलीमा छैनन् । राष्ट्रिय टोलीका अलराउन्डर गुलशन झासँगै स्पिनर तिलकराज भण्डारी र बायाँ हाते ब्याटर विपिन रावल टोलीमा आएका छन् । तिलकले यसअघि बागमती र विपिनले कर्णालीको सिनियर टोलीबाट खेलिसकेका छन् । टोलीको कप्तानमा देव खनाल नै नियमित छन् ।

नेपालले एसीसी यू-१९ प्रिमियर कपको विजेताको हैसियतले एसिया कप खेल्दैछ । प्रतियोगिता डिसेम्बर ८ देखि १७ सम्म यूएईमा हुँदैछ । सुरुवातमा पाकिस्तानमा हुने भनिएपनि एसीसीले अन्तिम समयमा प्रतियोगितालाई यूएईमा सारेको हो ।

नेपाल रहेको समूह ए अफगानिस्तान, भारत र पाकिस्तान । समूह बीमा बंगलादेश, श्रीलंका र जापान रहेका छन् ।

नेपालको अन्तिम टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

Sharing

प्रतिक्रिया दिनुहोस