कात्तिक २१, बागलुङ। बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका-२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड-६ छिसफाँटका ३२ वर्षीय अस्विन परियार रहेका छन ।ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो ।
दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
