कात्तिक १८, विराटनगर। कोशी प्रदेश सरकारले भुकम्प प्रभावितहरुको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार, राहत र उपचारका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको अस्थायी बसोबासका लागि आवश्यक पर्ने एक ट्रक सामान पनि पठाउने निर्णय गरेको छ । राहत सामग्री तत्काल त्यसतर्फ लगिने मुख्यमन्त्री केदार कार्कीले जानकारी दिनुभयो । त्रिपाल, ब्ल्याङ्केट, म्याट्रेस आदि सामानहरु पठाउने प्रदेश सरकारको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।