• २०८३ असोज २६ गते सोमवार

भूकम्पपीडितको उद्धार र राहतको व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीबाट आह्वान

रासस पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोट र रुकुम (पश्चिम) मा शुक्रबार रातिको भूकम्पमा परी जनधनको ठुलो क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । आज बिहान ट्विट गर्दै उहाँले भूकम्पमा परी अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

पूर्वराष्ट्रपतिले भूकम्पपीडितको खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न सम्बद्ध निकायका साथै स्वयंसेवी सङ्घसंस्थालाई आह्वान गर्दै त्यस क्षेत्रमा परकम्प गइरहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस