• २०८३ बैशाख ७ गते सोमवार

राष्ट्रिय युवा संघमा महेश बस्नेतको ‘चेन अफ कमाण्ड’: खुरापातीहरु ‘सपनामा झस्किने’

प्रदिप खत्री पढ्न लाग्ने समय : २ मिनेट

विगत, वर्तमान तथा भविष्यमा पनि नेकपा एमालेको रहर लाग्दो, भरलाग्दो तथा बैरिको लागि डरलाग्दो संगठन राष्ट्रिय यवा संघको पहिचान हो । संघले नेपालको व्यवस्था परिवर्तनको साथ साथै मुलुक रुपान्तरणमा युवाहरुको भूमिकालाई स्थापीत गराउन सफल भएको छ ।

हत्या, हिंसा, लुटपातलगायतका माओवादीले गरेको शसस्त्र युद्धको समयमा नागरिकले बोल्न समेत नपाउने समयमा सतिशाल झैं जनता तथा युवाहरुको पक्षमा उभिने संगठन हो, युवा संघ । जसमा संघको स्थापना कालदेखीको इतिहास हेर्दै आउने हो भने आफ्नो ज्यानलाई पातामाथि राखेर देश, जनता तथा युवाहरुको पक्षमा दृढताका साथ उभिने व्यक्ति हो महेश बस्नेत ।

संगठनमा खुरापाती गरी पार्टीका सिमित नेताहरुको गुलामी गर्न र संगठनमा गुट र उपगुट सञ्चालन गरी संगठनलाई बदनामी गर्न मरिहत्ते गर्ने केही युवा नेताहरुले युवाको मुद्धामा अविचलित रहेको बुझ्न सकिन्छ । युवाको मुद्धामा नै अविचलित गराई आफ्नो स्वार्थको रोटी सेक्न मात्र प्रयास गर्ने युवा नेताहरुबाट परिवर्तन तथा आगामी दिनमा संघको भविष्य उज्वल देख्न सकिँदैन । त्यसको लागि वर्तमान नेतृत्वले समयमा नै सचेत हुनुपर्ने आवश्यकता रहेको छ ।

संगठनलाई भिरको चिण्डो, उँधो न उँभो बनाउने केही साथीहरुले युवाहरुको धरोहरको रुपमा स्थापीत हुनुभएका जुझारु नेता महेश बस्नेत माथि जुन प्रकारले राजनीतिक रुपमा आक्रमण गर्न खोजिँदै छ, त्यो राजनीतिक आक्रमण गर्न खोज्नेकै लागि महंगो सावित हुने प्रष्ट छ । त्यो दिन ढिलो चाँडो मात्र हो । हामीले आज नेतृत्वलाई नमानेर गुट उपगुट गठन गर्दै संगठनको काम नलाग्ने खाली खुरापातमा पीएचडी गर्नेको पछाडी लागेर संगठनको चेन अफ कमान्ड नमान्ने अनि भोली आफै नेतृत्व गर्छु भनेर दिवा सपना पनि देख्ने गरेको पाइयो ।

संगठन चलाऊने सपना त केबल राति सुतेर उठदा झसंग हुने बाहेक केही देखिन्न । कहिले काही नेतृत्वले सबैलाई समेट्दा कही कतै छुट हुन सक्छ त्यसको अर्थ तपाईलाई संगठनले सहिद बनाएको सोच्नु हुँदैन र आफ्नो आवाजलाई संबन्धित ठाऊमा पुर्याउनु पर्छ भन्ने हेक्का राख्नु पर्छ । आज आफुले संगठनको हित र नेतृत्वको विपक्षमा रहदा भोली कहा पुगिन्छ हेक्का राखौ र कमरेड महेश बस्नेत ज्यूको हिजोको युवा नेतृत्वमा रहंदाको योगदान र आज पनि देश, पार्टी र युवाको आवाज लिएर हिडेको पाईलालाई मनै देखी गर्वका साथ नमन गरौं । हजारौं युवाको रगत सिंचेर बनाएको संगठन प्रति ईमानदारीका साथ सुध्रेर मुल धारमा फर्किनु नै बुद्दिमता हुनेछ । हिजो पनि र आज पनि महेश बस्नेत ज्यू एऊटा अविचलीत योद्दा हो र हामी संगठनको सिपाही हौंं ।

(लेखक राष्ट्रिय युवा संघ नेपाल महाधिवेशन आयोजक कमिटी सदस्य हुनुहुन्छ )

Sharing

प्रतिक्रिया दिनुहोस