कात्तिक १८, विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएपछि एमाले बाहिरिएको हो ।
एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक-एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।
गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शुक्रबार नै एमालेले राजीनामा बुझाउन खोजेको थियो । शनिबार बिहान मन्त्री राम रानाले मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर राजिनामा बुझाएका हुन् ।
