• २०८३ जेष्ठ ४ गते सोमवार

भूकम्प अपडेट : रूकुम र जाजरकोटमा मात्रै ८० जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ५० जना भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार आज बिहान ६ बजेसम्मको जाजरकोटमा मात्रै ४४ जनाको ज्यान गएको पुष्टि भएको छ ।

ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेका छन्। साथै भूकम्पमा परी जाजरकोटमा ७० जना घाइते भएको बताइएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल सुर्खेत, जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

त्यस्तै रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख कार्यालयका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस