• २०८३ बैशाख ४ गते शुक्रवार

हत्या गरेको अभियोगमा एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १०, कास्की । अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित नगरपालिका ६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका ९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शिव र मादक पदार्थ सेवन गरेका अर्जुनबीच झगडा हुँदा अर्जुनले हत्या गरेको खुल्न आएपछि अर्जुनलाई पक्राउ गरेको हो ।

उनी उपर ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस