कात्तिक १४, काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने डिल्लीराम खनाल पक्राउ परेका छन् । सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाको उजुरीपछि ४६ वर्षीय खनाललाई प्रहरीले पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको छ ।
खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।
