• २०८३ मङ्सिर ३ गते बुधवार

मित्रमिलन सहकारीका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ५, पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ परेका छन् । उनीहरुलाई बैंकिङ कसुरमा शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक सूर्य रानाले जानकारी दिए ।

बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीभन्दा पनि बैंकिङ कसुरमा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस