• २०८३ बैशाख ८ गते मङ्गलवार

एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको गुम्यो मेयर पद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३०, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलमा गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो । एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

आयोगले जारी गरेको सूचना

Sharing

प्रतिक्रिया दिनुहोस