साउन २४, झापा ।आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका-१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।