भदौ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्री दर १६६ रुपैयाँ ८१ पैसा रहेको छ।
यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।