• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सुनको मूल्यमा सामान्य वृद्धि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४२५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस