• २०८३ बैशाख २९ गते मङ्गलवार

सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको एमाले सचेतक बर्तौलाको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २४, काठमाडौं। नेकपा एमालेका सचेतकले महेश बर्तौला सत्ता पक्षका सांसदहरुले संसदमा दादागिरी देखाएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्तौलाले सत्तापक्षले संसदमा द्वन्द्व गराउन चाहेको दावी पनि गरे ।

उनले भने ‘ प्रतिपक्षले सभामुखको अनुमति लिएर बोल्न खोज्दा समेत सत्तापक्षका माननीयहरु उठेर विरोध गर्नु भयो । सत्तापक्षको यसप्रकारको दादागारी आज संसदमा देखा प¥र्यो । यसले के देखाउँछ भने सरकार सदन चलाउन चाँहदैन् । सत्तापक्ष संसदमा द्वन्द्व गराउन चाहन्छ ।’ आफुहरुले कुरा गर्न राख्न खोज्दा द्धन्द्धको सिर्जना गरेको सचेतक बर्तौलाको आरोप छ । यो् संसदीय मूल्य मान्यता भन्दा बाहिर भएको उनको भनाइ छ ।

सबै करणी आफुले गरेर दाउपेचका साथ सत्ता पक्ष र सरकार लागेको कारणले सदन नचलेको दावी पनि बर्तौलाको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस