असोज १५, काठमाडौं । सिरहाको सुखीपुर नगरपालिका १० विश्वकर्माचोकस्थित गागन खोलापुलबाट सशस्त्र प्रहरीले १ हजार १ सय २.६५ किलो गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा बुधबार राति करिब १२ः३६ बजे खटिएको २९ जनाको टोलीले २६ बोरा गाँजासहित बा.१४ च २९४ नम्बरको फुलबडी बोलेरो र स.६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू सवारीसाधन र गाँजा छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गाँजा र सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।