• २०८३ असार १७ गते बुधवार

आजको मौसम : थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, काठमाडौं । देशमा हाल मनसुनी वायुको प्रभाव रहेको हुदाँ देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनीलगात बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी र बाँकी भू भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । यसको साथै लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई भू भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस