जेठ ११, काठमाडौं । आज दिउँसो देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङर हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ। नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। जसले गर्दा देशको पूर्वी र मध्य भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाले मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।