• २०८३ जेष्ठ २ गते शनिवार

महिला विश्वकपः आज चार वटा खेल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६, काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज(मंगलबार)चार वटा खेल हुँदैछन् । आज समूह डी र ईका समूह चरणका खेल हुने छन् ।

समूह ई का खेलहरु नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स एक आपरमा भिड्ने छन् । आजै समूह डीका खेलहरु पौने ४ बजे सुरु हुनेछ । चीन र इंग्ल्याण्ड तथा हाइटी र डेनमार्क भिड्ने छन् ।

महिला विश्वकप आगामी अगस्त २० सम्म सञ्चालन हुनेछ महिला विश्वकपमा ३२ टोली सहभागि छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस