• २०८३ बैशाख ३० गते बुधवार

निजामती विधेयक संसदको यहि सत्रमा पेश गर्ने तयारीमा छौं : मन्त्री ज्वाला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संघीय निजामती विधेयक संसदको यहि सत्रमा पेश गर्ने तयारीमा भएको बताएका छन् । सोमवार मन्त्रालयमै आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्वालाले उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको संयोजकत्वमका उच्च प्राचमिकता राखेर सामान्य प्रशासन मन्त्रीको समेत सदस्य रहने गरी समिति बनाईएको जानकारी दिए ।

उनले समितिले ब्यापक रुपमा सरोकारवालाहरुसँग छलफल गरिरहेको पनि बताए । उनले भने, संघीय निजामती ऐन निर्माणको प्रक्रियामा छ । त्यसको लागि क्याबिनेटमा छलफलको विषय बनेको छ । क्याबिनेट उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीको संयोजकत्वमका उच्च प्राचमिकता राखेर सामान्य प्रशासन मन्त्रीको समेत सहभागिता रहने गरी समिति बनाएको छ, त्यसले ब्यापक रुपमा सरोकारवालाहरु सँग छलफल गरिरहेको छ । हामी संसदको यहि सेसनमा संघीय निजामती विधेयक पेश गर्ने तयारी छौं, सरकार त्यसको तयारीमा छ ।’

मन्त्री ज्वालाले कर्मचारी सरुवा गर्ने कुरामा स्वचालित प्रक्रियामा जानुको अर्को कुनै विकल्प नभएको बताए । उनले कर्मचारी सरुवाको सन्दर्भ धेरैका लागि मागी खाने भाँडो भएको जिकिर गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस