• २०८३ असोज ४ गते आइतवार

ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

आफूहरुलाई गैरकानूनी थुनमा राखिएको दावी गर्दै गुरुङ लगायतका केही आरोपितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि दिएको निवेदनमा आइतबार नै सुनुवाइ भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस