• २०८३ बैशाख २१ गते सोमवार

सेवाग्राहीसँग घुस लिदैँ गर्दा प्रधानाध्यापकसहित दुई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, काठमाडौं। शिक्षक छनोट प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गर्दा एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

कागेश्वरी मनहरा १ गागलफेदीस्थित सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापाले सेवाग्राहीसँग १६ हजार घुस लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरु अख्तियारको टोलीकाे नियन्त्रणमा परेका हुन् ।

अख्तियारका अनुसार उनीहरु माथी थप अनुसन्धान भईरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस