• २०८३ बैशाख ३० गते बुधवार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, काठमाडौं ।  काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ तेन्जिङचोक बस्ने नुवाकोट दुप्तेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कृष्ण बहादुर स्याङतान समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस