• २०८३ बैशाख २४ गते बिहिवार

कोशीको मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२,काठमाडौं ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वाेच्च अदालतमा पुगेको हो । शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापाको नियुक्ति बदरको माग राखेर सर्वाेच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

सो रिटको आउँदो आइतबारका लागि पेसी तोकिएको छ ।

पूर्णपाठ:

Sharing

प्रतिक्रिया दिनुहोस