• २०८३ बैशाख १० गते बिहिवार

कमल पोखरीको निर्माणकार्य रोक्न गगन थापाको पत्र (पत्रसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९,काठमाडौँ। नेपाली का‌ंग्रेसका नेता गगन कुमार थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्नुभएको छ ।

कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै विरोध भइरहेको बेला सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सांसद समेत रहेका थापाले पनि निर्माण रोक्न नगरप्रमुखलाई पत्र लेख्नुभएको हो ।

२०७६ सालदेखि निर्माण सुरु भएको कमलपोखरीको चारैतिर कंक्रिट संरचना निर्माण गर्ने र वास्तविक पोखरीलाई साँघुरो बनाउने निर्माण पक्षको योजनालाई सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी लगायतले विरोध गरिरहेका छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस