• २०८३ जेष्ठ २९ गते शुक्रवार

प्रतिपक्षी दलले गरे संसद अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल एमालेसहित प्रतिपक्षी दलले संसद अवरुद्ध गरेका छन् । बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै उनीहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् ।

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले संदन अवरुद्ध गरेका हुन् । मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतसँग भएको सहमति कार्यान्यवन नगरी सदन अगाडि बढ्न नसक्ने भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

यससँगै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस